0 COMMENTS

जेठ २६, काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्यबृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै आयल निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो । जसअनुसार पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।

अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ, मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ भने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य बढेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।