0 COMMENTS

जेठ २३, काठमाडौँ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट गोलले पोर्चुगलले स्विजरल्यान्डमाथि सहज जित निकालेको छ । आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्विजरल्यान्डमाथि ४–० को सहज जित निकालेको हो ।

रोरान्डोलको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ को खेलमा विजयी सुरुवात गरेको छ । पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरेका थिए ।

जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान चार अङ्क भए पनि चेक रिपब्लिक दोस्रोमा छ । यता स्पेन समान खेलबाट दुई अङ्कसहित तेस्रो तथा स्वीटजरल्यान्ड बिनाअंक पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।