0 COMMENTS

जेठ २२, काठमाडौँ । रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । आइतबार बिहान रुपन्देहीको रोहीणी गाउँपालिका ३ मा रहेको रोहीणी पुलबाट लु २ ख ३८४१ नम्बरको बस नदीमा खस्दा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस पुलबाट नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अहिले पनि उद्धार कार्य भइरहेको छ । अहिलेसम्म ३३ जनालाई भीम अस्पताल भैरहवा र मेडिकल कलेज भैरहवा लगिएको छ । अधिकांश घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको बताएको छ ।

मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । उनीहरूको सनाखत भइसकेको छैन । भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी पुलबाट यसअघि पनि पटक-पटक गाडीहरू खोलामा खस्ने गरेका छन् । पुल घुम्तीमा रहेको कारण पनि चालकहरू झुक्किएर दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।