भदाै १७, काठमाडौँ । नेपाली बजारमा मङ्गलबार समेत सुनको मूल्य बढेको छ । सुनको मूल्य बढेसँगै मङ्गलबार नयाँ रेकर्ड बनाएको छ । सोमबार १७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनले मङ्गलबार फेरी ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार प्रतितोला सोमबार २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन मङ्गलबार बढेर २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य समेत १५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ । सोमबार प्रतितोला २ हजार ४७० रुपैयाँ पुगेको चाँदी मङ्गलबार २ हजार ४८५ रुपैयाँ पुगेको छ ।