0 COMMENTS

साउन २९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी युवा संघ नेपाल र क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल नवलपरासी गठन गरिएको छ । बर्दघाट–४ शान्तिनगरमा भएको भेलाले रामप्रसाद अर्गेजाको संयोजकत्वमा ७ सदस्सीय युवा संघ र सोम बहादुर अर्गेजाको संयोजकत्वमा ७ सदस्सीय दलित मोर्चा गठन गरिएको हो ।

नवगठित संघमा रमेश पाण्डेय, दिनेश पासी, अनुराधा सिंह, दीपक कोइराला, अजय राना लगायत सदस्य छन् भने मोर्चामा टिकाराम परियार, पल्टु हरिजन, कृष्ण सोनार, सुशिला सुनार सदस्य रहेको मोर्चाका संयोजक विश्वकर्माले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पाँच नम्बर ब्युरोका सचिव समेत रहनुभएका क्रान्तिकारी दलित मुक्ति मोर्चाका नेता जितामित्र सुनारले भष्ट्राचार बिरुद्धको आन्दोलनमा सक्रिय भुमिका खेल्न नेता कार्यकर्तालाई निर्देशन दिए । पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य सुनारले दक्षिण एशियामा मनुस्मृतिको जगमा दलितहरु माथि उत्पीडन भइरहेको ईतिहास माथि चर्चा गर्दै जातीय मुक्तिका लागि सबै प्रकारको सङ्घर्ष गर्नुपर्ने र कानुनी पाटोको सङ्घर्षलाई समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्रान्तिकारी युवा संघका केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो संयोजक संगीन भिउ थापा, क्रान्तिकारी दलित मुक्ति मोर्चाका कार्यालय सदस्य तथा ब्युरो संयोजक बिक्रम नेपालीलगायतले मन्तब्य राखे । कार्यक्रम सोमबहादुर विश्वकर्माको अध्यक्षता, रामप्रसाद अर्गेजाको स्वागत र रमेश पाण्डेयको सञ्चालनमा भएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा, बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, कार्यालय सदस्य गणेशबहादुर ढकाल र दुर्गा नारायण चौधरी, जिल्ला सल्लाहकार गणेश विश्वकर्मा, युवा संघका केन्द्रीय सदस्य राजेन्द्र न्यौपाने लगायत अतिथि रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।