असार ३२, भरतपुर । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने सिमलतालबाट एक मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
भारतबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ ।
सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरु दुबैको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
भरतपुर महानगरपालिका वडा नं. २९ मा पर्ने सिमलताल भन्ने स्थानबाट गत वर्ष असार २८ गते दुईवटा बस त्रिशूली नदीमा खस्दा बससहित ३९ यात्रु बेपत्ता छन् । दुई बसमा ६२ जना यात्रु रहेकामा तीन जना पौडिएर बाँचेका थिए भने २० जनाको शव भेटिएको थियो ।