असार ३२, चितवन । भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो ।
सोमबार ३० गते दिउँसो ३ः५० बजेको समयमा भरतपुर–१० घर भई सोही अस्पतालमा कार्यरत कर्मचारी मगरको छोरी अन्जना मगर अस्पतालको सी ब्लक नजिकै रहेको सेफ्टीट्याङ्कीमा अचानक खसेकी थिइन् ।
बालिकाको तत्कालै उद्धार गरी सोही अस्पतालमा उपचार गराइएकामा मङ्गलबार बेलुका ६ः४० बजे मृत्यु भएको खनालले जानकारी दिए ।