0 COMMENTS

जेठ १, काठमाडौँ । स्टार खेलाडी लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ । लियोनेल मेस्सीको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति भएको खेलमा मोन्टपेलिएरलाई ४–० अन्तरले पराजित गरेको हो ।

घरेलु टोली मोन्टपेलिएरविरुद्ध मेस्सीले दुई गोल गर्दा केलियम एम्बाप्पे (पेनाल्टी) र एन्जल डि मारियाले एक–एक गोल गरे । मेस्सीको दुबै गोलमा एम्बाप्पेले अन्तिम बल उपलब्ध गराएका थिए । यसअघि नै फ्रेन्च लिगको उपाधी जितेको पीएसजीको ३७ खेलबाट ८३ अङ्क छ । दोस्रो स्थानको मोनाको १५ अङ्कले पछि पर्दा पराजित मोन्टपेलिएर ४३ अङ्क जोडेर १३ औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।