0 COMMENTS

वैशाख २९, काठमाडौँ । निर्वाचन आयोगले भोलि वैशाख ३० गते (शुक्रबार) हुने स्थानीय तह निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । चुनावबाट सात सय ५३ पालिकाका प्रमुख–उपप्रमख, अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडा सदस्य गरी ३५ हजार दुई सय २१ जना निर्वाचित हुनेछन् ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएका हुन् । उनले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिबद्ध रहेअनुसारका तयारी पूरा भएको जानकारी दिए । यस्तै २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भएरनभएको अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको सह–प्रवक्ता अर्यालको भनाइ छ । आचारसंहिता लागू भएयता ६६ वटा स्पष्टीकरण सोधिएको, नौ वटा सचेत र एउटा ध्यानाकर्षणको निर्णय भएको आयोगले जनाएको छ ।

देशभरका १० हजार सात सय ५६ मतदानस्थलमा रहेका २१ हजार ९ सय मतदान केन्द्रमा भोलि बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य बेलुकी ५ बजेसम्म जारी रहनेछ ।

निर्वाचन आयोगको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।