0 COMMENTS

वैशाख २७, पोखरा । सात राजनैतिक दलको डेमोक्रेटिक सोसालिष्ट यलाईन्स (डि.एस.ए.) को पोखरामा चुनावी कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार पोखराको जरेबाको फिस्टेल पार्टी प्यालेसमा भएको कार्यक्रममा नेकपा (समाजवादी) को गण्डकी प्रदेश इन्चार्ज कृष्णप्रसाद जैसीको अध्यक्षतामा डेमोक्रेटिक सोसालिष्ट यलाईन्स (डि.एस.ए.) का संयोजक तथा सामाजिक एकता पार्टीका अध्यक्ष सि.पी गतराजको प्रमुख आतिथ्य र डेमोक्रेटिक सोसालिष्ट यलाईन्स (डि.एस.ए.) का प्रवक्ता तथा नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्कीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सामाजिक एकता पार्टीका उपाध्यक्ष प्रेम कार्की, महासचिव वि.पी. खनालसहितको आतिथ्यतामा समाजवादीका स्थायी समिति सदस्य भीम चापागाईंको सञ्चालनमा सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सि.पी. गतराज, विशिष्ट अतिथि राजु कार्कीले नेपालमा समाजवादी व्यवस्था र भ्रष्टाचार मुक्ति समाज निर्माण गर्न यस एलाईन्स डेमोक्रेटिक सोसालिष्ट यलाईन्स (डि.एस.ए.) मार्फत गर्ने र विभेद मुक्ति समाज निर्माण गर्न यस एलाईन्सले भूमिका खेल्नेछ र आगामी स्थानीय चुनावमा डि.एस.ए. पोखरा महानगरका मेयर गोविन्द पराजुली र उप–मेयर शितला शर्मालाई ‘कार’ चिन्हमा मतदान गरी विजयी गराउन सम्पूर्ण पोखराबासी दाजुभाई तथा दिदीबहिनी र आमाबुवाहरुलाई आग्रह गरिएको नयाँ स्वाभिमानलाई समाचार प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।