चैत २२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दोलखा जिल्ला सेक्रेटरी गोविन्द काफ्ले र विद्यार्थी नेता नितम खड्कालाई विनासर्त अविलम्ब रिहाइको माग गरेको छ । कार्यवाहक महासचिव गौरवले २०८१ चैत २१ गते प्रेस वक्तव्य जारी गर्दै सो माग गरेको हो ।
वक्तव्यमा भनिएको छ : “ हाम्रो पार्टीले यही चैत्र ४ गतेदेखि जनसम्बन्ध विस्तार अभियान अन्तर्गत देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको कुरा सर्वविदितै छ । यसै सन्दर्भमा हाम्रो पार्टीको १० नं. ब्यूरोका कमरेडहरुले आज साँझ रामेछापको मन्थलीमा मशाल जुलुस कार्यक्रम आयोजना गर्नुभएको थियो । देवकोटा चोकमा उक्त कार्यक्रम समापन गर्न लाग्दा नेपाल प्रहरीले हस्तक्षेप गरी हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य तथा दोलखा जिल्ला सेक्रेटरी क. गोविन्द काफ्ले र विद्यार्थी नेता क. नितम खडकालाई गिरफ्तार गरेको छ । यो गिरफ्तारी हाम्रो पार्टीको जनसम्बन्ध विस्तार अभियानबाट ओली नेतृत्वको गठबन्धन सरकार आतङ्कित बनेको छ भन्ने कुराको प्रमाण हो । शान्तिपूर्ण कार्यक्रम माथि प्रहरीले गरेको हस्तक्षेपको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ र गिरफ्तार नेताहरुको विनासर्त एवम् अविलम्ब रिहाइको माग गर्दछ ।”