चैत ३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम आइतबार महेन्द्रनगरमा सम्पन्न भएको छ ।
जिल्ला इन्चार्ज चिन्तनको सञ्चालनमा प्रमुख अतिथि अभियान टोली नेता मुकुन्दले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको लागि पार्टीले पुनःस्थापना तथा एकता गरेको बताए । उनले क्रान्तिको लागि नै हामीले एकता कम्युनिस्ट पार्टी निर्माण गरेका छौँ । अर्थतन्त्रमा हामी आत्मनिर्भर देश बनाउँछौँ, परनिर्भरको अन्त्य गर्नुपर्छ । केपी, शेरे, प्रचण्डले राम्रो गरे राम्रो भन्नु नै पर्छ ।
त्यसैगरी सिपी शर्माले अहिलेको अवस्था आउनु भन्नु अपुरो क्रान्तिले गर्दा भएको हो । नेपालमा रोजगारी सिर्जना गर्न प्लटिङ गर्न बन्द गर्नपर्छ । यो सत्ताले सबैहरुको धन्दा चलाएछ, यसको विकल्प हामीले दिन्छौँ ।
कार्यक्रममा मुकुन्द, सिपी शर्मा, महान, शिखर, अन्जना, प्रज्वल, चिन्तक, भरत, ठकुल्ला र कमल रहेका थिए ।
पत्रकार भेटघाटमा पत्रकारहरुको उत्साहजनक सहभागी भएको थियो ।