चैत ३, काठमाडाैँ । टेक्सस-अमेरिकामा आएको आँधीले २० जनाको ज्यान लिएको छ । विभिन्न राज्यमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
ज्यान गुमाउनेमा मिसाउरीका मात्र १२ जना छन् । दक्षिण पूर्वी राज्यका धेरै घर हल्लिए भने कारहरू पल्टेका थिए । टेक्ससमा कारमा धुलो पसेर ठोक्किँदा तीन जनाको ज्यान गएको छ । साँझदेखि टेक्सस, मिसाउरी र इलिनियोसका धेरै बिजुलीको लाइन अवरुद्ध भएको छ । त्यस क्षेत्रमा अझ कठिन मौसम तथा विपत्तिको अनुमान गरिएको छ । साथमा मिसिसिपी, पूर्वी लाउसानिया र पश्चिमी टिनेजमा आँधीको जोखिम छ । त्यसैगरी तीन राज्यका साथै अलाबामा र अरान्कासमा ठुलो बाढी आउने अनुमान गरिएको छ । राष्ट्रिय मौसम विभागले त्यहाँ आउने ठुलो बाढीले जनजीवन अझ कष्टकर बन्ने बताएको छ ।
विभागले अझ डरलाग्दो समस्याको आङ्कलन गरेको छ । मिसाउरीको आपतकालीन विभागले २५ गाउँमा १० वटा आँधी आएको जनाएको छ । अरान्कासमा तीन जनाको मृत्यु हुँदा २९ जना घाइते भएका छन् । ओकाहामामा पनि एक जानको ज्यान गएको छ ।