0 COMMENTS

चैत २, फूलबारी । कैलालीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । । कैलालीको धनगढी उपमहानगरपालिका– १९ फूलबारीस्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको हो । नदीमा डुबेका घाइते भएका दुईजनाको भने उद्धार गरिएको छ ।

मृत्यु हुनेमा फूलबारीका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझा रहेको प्रहरीले जनाएको छ । नदीमा डुबेका उनीहरूलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरूसँगै नदीमा नुहाउन गएका १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय आदर्श पुजाराको उद्धार गरिएको छ ।

दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । होलीको रङ्ग खेलिसकेपछि उनीहरु नुहाउन गएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।