फागुन २८, काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा रखेको छ ।
कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नका लेखआए बमोजिम ९ कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।
कालोसूचीमा पर्ने कम्पनीहरुमा तारालक्ष्मी निर्माण सेवा, रेसुङ्गा नगरपालिका–१२, गुल्मी, ममता मञ्जु कन्स्ट्रक्सन प्रा.लि., टोखा नगरपालिका–१० काठमाडौं, सनम निर्माण सेवा, खाँदबारी, संखुवासभा, निर्जरा निर्माण सेवा, खाँदबारी, संखुवासभा, जी.एस. निर्माण संसार कम्पनी प्रा.लि. काभ्रे, कमन कन्स्ट्रक्सन काभ्रे लगायत छन् ।
कालोसूचीमा परेका कम्पनीलाई एकदेखि डेढ वर्षसम्म कालोसूचीमा राखिएको सूचनामा जनाइएको छ । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।