0 COMMENTS

फागुन १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका वैकल्पिक पोलिटव्यूरो सदस्य सोमानसिँह तामाङका बुवा सुकुमान तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’ ले २०८१ फागुन १६ गते एक वक्तव्य जारी गर्दै भने, “काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं. १ कोत्याङ तीनपिप्ले निवासी सुकुमान तामाङको आज दुःखद निधन भएको छ । १९९९ साल पुष १८ गते जन्मनु भएका उहाँ हाम्रो पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य सोमान सिंह तामाङको बुबा हुनुहुन्थ्यो । दुःखको यस घडीमा हाम्रो पार्टी बुबा सुकुमान तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।