फागुन १३, बेङ्गलोर, भारत । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तर्गत संयुक्त एरिया समितिको विस्तारित बैठक सम्पन्न भएको छ । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तरगत संयुक्त एरिया समितिको विस्तारित बैठक २३ फेब्रुअरी २०२५ का दिन बेङ्गलोरको प्रसिद्ध शहर तथा कर्नाटक विधानसभा अगाडि कब्बन पार्कमा अर्जुन सिंह भाटको अध्यक्षता र हरिश वि.क.को संचालनमा सम्पन्न भएको छ ।
अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका उपाध्यक्ष किसन बहादुर विकको विशेष उपस्थिति रहेको थियो । बैठकमा अथिति केन्द्रीय सदस्य तथा रक्तिम साँस्कृतिक अभियानका केन्द्रिय सदस्य गणेश बिक र, केन्द्रीय सदस्य सेर बहादुर दयाल, शेरसिंह विक, केन्द्रीय महिला विभाग कि ज्ञानमति विक, दक्षिण भारत क्षेत्रीय समितिका सदस्य शिबराम बिक, क्षेत्रीय सदस्य जनक विक, महिला क्षेत्रीय विभागकी वसन्ती विक, हिरा ओड, अरूणा विकको आतिथ्यता रहेको थियो । अथिति आशन ग्रहण पछि देश र जनताको लागि सहादत दत्त प्राप्त गर्नुभएका सहिदहरू प्रति एक मिनेट मौनधारण गरिएको थियो ।
मौनधारण पश्चात उपस्थित जनसमुदायलाई शब्द एचएकआर लेवट एरिया समितिका सदस्य उदय सिंह बिष्टले स्वागत गर्नु भएको थियो स्वागत पछि नगर अध्यक्ष रामदत्त पाण्डेले विस्तारित बैठकको तात्पर्यबारे प्रकाश पार्दै सम्मेलन सफलताको अग्रिम शुभकामना व्यक्त गर्न भयो। बैठकले अगामी २३ मार्च २०२५ का दिन सुसम्पन्न हुन गइरहेको संयुक्त एरिया सम्मेलनको लागि ९ सदस्यीय ब्यवस्थापन समिति गठन गरेको छ। जसमा अध्यक्ष विरेन्द्र विक, सचिव लोकेन्द्र भण्डारी, कोषाध्यक्ष अर्जुन सिंह भाट गणेश विक,
व्यवस्थापन समितिले कार्यविभाजन यस प्रकार गरेको छ। हलको जिम्मा राम दत्त पाण्डे,ब्यानर को जिम्मा गणेश विक, पम्पलेट को जिम्मा हरिश बिक,प्रचार प्रसार को जिम्मा दिपक भण्डारी, जनक विक, जयसिंह विक, चन्द्रदेव पाण्डे, तिलक भट्टराई,दिपक सिंह भण्डारी, दिपक लोहार, स्याम बहादुर परियार, ज्ञानमती बिक, रहनु भएको छ। संयुक्त विस्तारित वैठकमा बोल्दै केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिक ले समाजको बारेमा स्पष्ट पार्दै समाज भनेको नै विभिन्न स्वभाव, रहनसहन, भेषभूषा, धर्म, भाषा अँगाल्ने मानिसहरूको सामूहिक रूप हो । यसको मतलव एउटै समाजमा बस्ने व्यक्तिको आआफ्नो स्वभाव अनुसार उनीहरूको एउटै कुरामा पनि फरक फरक बानी–व्यवहार वा दृष्टिकोण रहेको हुन्छ जुन समाजको पक्षमा वा विपक्षमा हुन सक्दछ । यसरी कुनै पनि समाजमा बस्ने व्यक्तिले उक्त समाजको मूल्यमान्यता विपरीत वा उक्त समाजमा बस्ने अन्य व्यक्तिलाई असर पर्ने गरी कुनै गतिविधि वा व्यवहार वा क्रियाकलाप गर्नुलाई समाजविरोधी वा असामाजिक क्रियाकलाप भन्ने गरिन्छ । यसअन्तर्गत समाजमा झैं झगडा सिर्जना गर्ने, सामाजिक संरचना माथि प्रहार गर्ने वा समाज विरुद्ध भड्काउने गतिविधि गर्नेजस्ता कुरा पर्दछन् । भन्दै अखिल भारत नेपाली एकता समाजले प्रवासी नेपालीहरूको अभिभावकीय जिम्मेवारी लिएर उनीहरूका हक अधिकार सुनिश्चिताको बुलन्द आवाज उठाउदै उनीहरूलाई बौद्धिक रुपमा शैक्षिक चेतनशील गराउदै आएको बताउनु भयो साथै अखिल भारत नेपाली एकता समाजको झण्डामुनि गोलबन्द हुनु अनुरोध गर्दैै सम्मेलन सफलताको अग्रिम हार्दीक शुभकामना दिनुभएको थियो ।