पुस १५, काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा.भीम रावलले आगामी पुस १७ गते पार्टी घोषणा गर्ने भएका छन् ।
रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।
डा. रावल निकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुने भएको छ ।