0 COMMENTS

पुस १३, काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । अस्पतालका अनुसार हृदयाघातका कारण शुक्रबार राति उनको निधन भएको हो ।

हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो । उनको शव अहिले अस्पतालमै रहेको छ। उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए ।

२२ भदौ २०६५ मा वरिष्ठ अधिवक्तामा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए । पछि उनी राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएका थिए। 

८ असार, २०१० जन्मिएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका हुन् । उनले सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कानूनी सल्लाहकार बनेर काम गरेका थिए ।

नेपालको न्यायिक इतिहास भाग १ लेखेका वस्ती पछिल्लो समय दोस्रो भाग लेखनीमा व्यस्त थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।