0 COMMENTS

पुस १२, नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति उपचारकोक्रममा निधन भएको हो ।

लामो समयदेखि स्वास्थ्य समस्या झेल्दै आएका सिंह ९२ वर्षका थिए । उनको निधनले भारतले एक असल नेता र अर्थशास्त्री गुमाएको छ ।बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो । पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्यसमिति बैठक रद्द गरिएको थियो ।

पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको स्वास्थ्य सन् २०२४ को सुरुदेखि नै गम्भीर रहेको थियो । जनवरी २०२४ मा छोरीको पुस्तक विमोचनमा उनको अन्तिम सार्वजनिक उपस्थिति देखिएको थियो । अप्रिल २०२४ मा राज्यसभाबाट सेवानिवृत्त भएका उनी हालका वर्षहरूमा स्वास्थ्यकै कारण सक्रिय राजनीतिबाट टाढा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।