0 COMMENTS

मङ्सिर ९, चितवन । महाधिवेशनको राजनैतिक, वैचारिक र सांगठनिक छलफलमा रहेको  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले चितवनमा पनि महाधिवेशनलाई केन्द्रित गरेर आफ्नो सांगठनिक कार्यक्रमहरुसंगसंगै प्रचारत्मक कार्यलाई समेत अघि बढाएको छ ।

महाधिवेशन आयोजक समितिका सदस्य एवं चितवन जिल्ला सचिव बिकासका अनुसार जिल्ला भरी नै प्रचारका फरक फरक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । भरतपुर सहित माडी, लोथर, इच्छाकामनाको कुरिन्टार लगायत  जिल्लाका सिमावर्ती नाकाहरुमा महाधिवेशनको प्रचार गर्दै तुल, ब्यानरहरु टांगिएकाछन् । सामाजिक सञ्जालमा समेत पोस्टर, ब्यानर लगायत श्रब्य दृश्य समाग्री समेत प्रचार भइरहेको बिकासले बताएका छन् ।

शुक्रवार २०८१/८/७ गतेका दिन नारायणगढको सहिदचोक, बेलचोक र लायन्सचोक क्षेत्रमा महाधिवेशनबारे पार्टी केन्द्रिय समितिले जारी गरेको अपिल पर्चा बाडिएको छ । बिकासको नेतृत्वमा केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने, सहिद अनिसका बुबा खड्गबहादुर कुवर  लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।