0 COMMENTS

मङ्सिर १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा उठाउने एजेण्डाबारे सरोकारवाला निकाय तथा विज्ञसँग आज छलफल गर्ने भएका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारी लगायतसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुने बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गर्दैछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लि छ्याङ लगायतसँग भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवा मङ्सिर १३ गते नै चीन जाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।