0 COMMENTS

वैशाख १५, काठमाडौँ । निर्वाचन आयोगले वैशाख १८ गतेदेखि ३० गते (तीन दिन) सम्म मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतादन केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराई वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचनको लागि मतदान केन्द्र रहेका विद्यालयहरूमा सुरक्षा व्यवस्था, मतदान केन्द्रको व्यवस्थापन लगायतका कार्यको लागि तीनदिन विद्यालय बन्द गर्नुपर्ने देखिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताए । निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवनहरू तीनदिन उपलब्ध गराउनसमेत सबै स्थानीय तहलाई पत्र लेखी पठाउने निर्णय भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।