0 COMMENTS

कात्तिक ९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने काम गरिरहेको र सत्तापक्षका नेताहरूलाई जोगाउने काम गरिरहेका आरोप लगाएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी प्रवक्ता अग्निप्रसाद सापकोटाले उक्त आरोप लगाएका हुन् ।

सहकारी बचत अपचलनमा जोडिएका कांग्रेसका उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमालेका नेता ऋषिकेष पोखरेललाई संरक्षण गरेको उनले आरोप लगाएका हुन् । ‘विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने, जेल हाल्ने काम गरिरहेको छ । आफ्नै नेताहरूलाई जोगाइ रहेको छ । धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै संरक्षण गरिएको छ । सुशासनको पक्षमा अघिल्लो सरकारले गरेको काम उल्टाउने भइरहेको छ’, प्रवक्ता सापकोटाले भने ।

यस्तै ओली नेतृत्वको सरकारको सय दिन पूर्ण असफल भएकाले कात्तिक १० गते (शनिबार) काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।