0 COMMENTS

असोज ३०, डडेल्धुरा । गएराति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए। बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो

कञ्चनकाे महेन्द्रनगरबाट बैतडीकाे पुर्चाैडी जाँदै गरेकाे ना. ८ ख १०७८ नम्बरकाे बस गएराति साढे ११ बजेतिर डडेल्धुराकाे अमरगढी नगरपालिका-७ खस्रेखानमा दुर्घटना भएकाे हाे । बस सडकबाट करिब साढे ३०० मिटर तल खसेकाे प्रहरील जनाएकाे छ ।

गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।