0 COMMENTS

वैशाख १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको उपमेयरमा सुर्य परियारले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार चार बजेर चालिस मिनेटमा बुढानिलकण्ठ नगरपालिकामा सुर्य परियारले नेकपा (समाजवादी) बाट निर्वाचन अधिकृतको कार्यालयमा उपमेयर पदमा मनोनयन दर्ता गराएका हुन् ।

यहि वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि सोमबार अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले आफ्नो नाम मनोनयन गर्न पाउने निर्वाचन आयोगले दुई दिनको समय तोकेको थियो ।

निर्वाचन आयोगले आज मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिने तय गरेको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।