0 COMMENTS

वैशाख १२, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट कैलालीको धनगढी उप–महानगरपालिकाको मेयरमा कमला ओडले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएकी छिन् । सुदूर–पश्चिम प्रदेशको एकमात्र उप–महानगरपालिका रहेको धनगढी उप–महानगरपालिकामा कमला ओडले नेकपा (समाजवादी) बाट निर्वाचन अधिकृतको कार्यालयमा मेयर पदमा मनोनयन दर्ता गराएकी हुन् ।

यहि वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि सोमबार अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले आफ्नो नाम मनोनयन गर्न पाउने निर्वाचन आयोगले दुई दिनको समय तोकेको छ । सोही समयभित्रमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न आयोगले अपिलसमेत गरेको छ ।

निर्वाचन आयोगले आजै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरेको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।