0 COMMENTS

असोज १९, काठमाडौँ । असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परि हालसम्म मृत्यु हुनेको संख्या २३९ पुगेको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार घटनामा १८ जना बेपत्ता छन् भने १७८ जना घाइते भएका छन् ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न  प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।