0 COMMENTS

असाेज १६, काठमाडाैँ । ‘सजन मोर’ शिर्षकको थारु गितले युट्युबमा १० करोड भ्युज पाएर इतिहास रचेको छ । करिब तीन वर्ष अगाडि मल्टीफ्रेम स्टुडियोज नामक युट्युब च्यानलबाट सार्वजनिक भएको यो गित बुधवार विहानसम्म १० करोड एक लाख १९ हजार पटक हेरिएको छ ।

कुमार चौधरीको शब्द तथा एके चौधरी र अन्नु चौधरीको स्वर रहेको यो गितमा नरेश चौधरी र मधु चौधरीले मोडलिङ गरेका छन् । यो गितको निर्देशन तथा कोरियोग्राफी सुरज देव कुसुम्यले गरेका हुन् । यो गितको सम्पादन सोम चौधरीले गरेका हुन् । गितको निर्माता पनि एके चौधरी हुन् । गितको एरेन्ज गणेश चौधरीले गरेका हुन् भने मिक्सिङ/मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् । नेपाली गित संगितको क्षेत्रमा कमै मात्र म्युजिक भिडियोले युट्युबमा १० करोड भ्युज पाएका छन् । गितको भ्युज १० करोड नाघेपछि म्युजिक भिडियोका कलाकार र निर्माण पक्षले खुसीयाली मनाउँदै छ ।

‘सजन मोर’ गितले युट्युबमा १० करोड भ्युज पाएर इतिहास रचेको थारु गित संगितलाई माया गर्ने कृष्ण महतो बताउँछन् । होटल ह्याप्पी होम नारायणगढका सञ्चालक समेत रहेका महतोले यो गितको भ्युजले नयाँ थारु गित उत्पादनमा हौसला समेत थपेको बताए । थारु गितको उत्पादन तथा प्रचारप्रसारमा उनले सहयोग समेत गर्दै आएका छन् । ‘थारु म्युजिक उद्योगमा १० करोड भ्युज एउटै गितले पाउनु ऐतिहासिक हो । थारु गित संगितका धरोहरहरुलाई बधाई तथा शुभकामना भन्न चाहान्छु’, उनले भने । महतो थारु गित प्रवर्द्वनका अभियान्ता समेत रहेका छन् ।

सुरज देव कुसुम्यको कोरियोग्राफी तथा निर्देशनमा बनेको ‘परदेशीया सजना’ गितले पनि थारु इतिहासमा करोड क्बल प्रवेश गरेकाे छ । उक्त गितको दोस्रो संस्करण परदेशीया सजना २ यहि असोज १७ गते एम एण्ड एस इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक हुँदै छ । यस गितका लेखक श्याम चौधरी हुन् भने गायक खेम चौधरी र समिक्षा चौधरीको स्वर रहेको छ ।

गितमा गणेश चौधरीले एरेन्ज गरेका छन् । यस गितको मोडलिङमा नरेश चौधरी र सविना चौधरीलाई देख्न सकिन्छ । यो गितको प्रोडक्सन म्यानेजरका रुपमा कृष्ण महतोले काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।