0 COMMENTS

असोज १६, कञ्चनपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न भएको छ । असोज ६ गते महेन्द्रनगरमा सम्पन्न जिल्ला सम्मेलनको संयोजक बिष्णु राम दमाईको अध्यक्षता रहेकाे कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय कार्यालय सदस्य इन्द्रमोहन सिग्देल रहेका थिए ।

सम्मेलनमा केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज लालबहादुर जाग्री, प्रदेश संयोजक रामबहादुर चौधरी, प्रदेश सहसंयोजक रामबहादुर केसी लगायतको आतिथ्यता रहेको थियो । सम्मेलन उद्घाटन कार्यक्रममा जिल्ला इन्चार्ज विक्रान्त, प्रदेश संयोजक चौधरी, प्रदेश इन्चार्ज जाग्रीले शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि सिग्देलले आगामी महाधिवेशनमा पार्टीको कार्यदिशा, रणनीति, कार्यनीति कस्तो हुने र क्रान्तिलाई कसरी अगाडि बढाउने भन्ने विषय बहसको मुख्य विषय भएको बताउँदै कञ्चनपुरको जिल्ला सम्मेलन त्यसैको एउटा अंश भएको बताए । उनले तीन पार्टी बीचको एकताले क्रान्तिकारीहरूमा उर्जा तथा उत्साह पैदा भएको र यसै उर्जालाई क्रान्तिको शक्तिको रूपमा लैजान सबैमा आग्रह गरे ।

त्यसैक्रममा यो दलाल राज्य सर्वसाधारण जनताको लागि नभएको कुरा अहिले भएको बाढी पहिरो र त्यसमा राज्यको निरीहताबाटै पनि थाहा हुन्छ, सिग्देलले भने । उनले किसान, मजदुर र जनताका समस्या समाधान गर्नेतिर नभई दलाल शासकहरुको ध्यान सरकारमा कसरी जाने र देशको दोहन गर्ने भन्नेमा केन्द्रित भएको कुरा बताए । यो प्रतिक्रियावादी सत्ता, संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गर्दै वैज्ञानिक सामाजवादमा जाने दिशामा लाग्न, जनतामा जान र जनतासित पार्टीलाई जोड्न अनुरोध गरे ।

सम्मेलनबाट सचिवमा बिष्णुराम दमाई नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।