0 COMMENTS

वैशाख ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट तारकेश्वर नगरपालिकाको मेयरमा मिमलाल खड्कीले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । खड्कीले नेकपा (समाजवादी) बाट निर्वाचन अधिकृतको कार्यालयमा मेयर पदमा मनोनयन दर्ता गराएका हुन् ।

मिमलाल खड्कीको मेयर पदमा मनोनयन दर्तापछि नेकपा (समाजवादी) को पार्टी कार्यालयमा अध्यक्ष राजु कार्कीसहितको टोलीले खादा ओढाइ बिजयको अग्रिम शुभकामना दिइएको समाचार प्राप्त भएको छ । यहि वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गतेका लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको छ ।

आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन् । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ ।

निर्वाचन आयोगले भोलि नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र पर्सि वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरेको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।