0 COMMENTS

वैशाख ११, हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट हेटौँडा उप–महानगरपालिकाको मेयरमा रोमनाथ भुर्तेल र उप–मेयरमा मख कुमारी तिमल्सिनाले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । उनीहरू नेकपा (समाजवादी) बाट निर्वाचन अधिकृतको कार्यालयमा मेयर र उप–मेयर पदमा मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले आफ्नो नाम मनोनयन दर्ता गर्ने समय तोकिएको छ । आयोगले वैशाख ११ र १२ गतेका लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको छ ।

दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन आयोगले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।