0 COMMENTS

भदौ ३१, बारा । बाराको पूर्व–पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन्।

गएराति १२ बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस बस अनियन्त्रित भई पुलदेखि खस्दा बसमा सवार एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादव रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ।

घाइते मध्ये ३४ जनाको अवस्था मध्यम र ६ जनाको अवस्था गम्भीर छ। बसको अगाडिको पट्दा भाचिँदा दुर्घटना भएको हो। त्यसैगरी हिजो राति भएको अर्को एक सवारी दुर्घटनामा मोटरसाइकल चालक सर्लाही धनकौल २ बस्ने वर्ष ३७ को दिनेश साहको पनि मृत्यु भएको छ ।निजगढ–८ पूर्व–पश्चिम राजमार्ग स्थित तामागढी गेट नजिक चन्द्रनिगाहर बाट पथलैयातर्फ जाँदै गरेको बा ६३ प ७३३० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ४६ को किशोरी साहको बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।