0 COMMENTS

भदौ २, जुम्ला । चट्याङ लागेर जुम्लामा एक जना पुरुषको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका २ बस्ने ४० वर्षीय धनसुर बुढाको करेन्ट लागेर मृत्यु भएको हो ।

मुगु छायानाथ नगरपालिका १० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कने क्रममा जुम्ला पातारासी गाउँपालिका ४ भेरीनाकी पाटनस्थितमा चट्याङ लागेर धनसुरको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।