0 COMMENTS

वैशाख १०, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले कास्की जिल्लाको पोखरा माहानगरपालिका मेयरमा गोबिन्द पराजुली र उपमेयरमा सितला थापालाई उठाउने निर्णय गरेको छ ।

वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा नेकपा (समाजवादी) ले पोखरा माहानगरपालिका मेयरमा गोबिन्द पराजुली र उपमेयरमा सितला थापालाई उठाउने निर्णय गरेको हो ।

जनतालाई राज्यप्रति र राज्यलाई जनताप्रति विश्वस्त पार्न जनताले चाहेको गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी, काम गर्न नसक्नेलाई पेन्सन वा भत्ता दिँदै समाजवादको आधार तयार पार्नका निम्ति पोखरा माहानगरपालिका मेयरमा गोबिन्द पराजुली र उपमेयरमा सितला थापालाई अत्याधिक बहुमतले विजय गराउन नेकपा (समाजवादी) ले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।