0 COMMENTS

साउन २१, काठमाडाैँ । बंगलादेशमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना वाजेद भागेकी छिन् । उनी सेनाको विशेष हेलिकोप्टरबाट उनी भारततर्फ उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् ।

आरक्षणको विरोधमा चर्किएको आन्दोलनका क्रममा आइतबार ९० जनाको मृत्यु भएको थियो । त्यसपछि त्यहाँको सत्ता सेनाले नियन्त्रणमा लिने चर्चा भइरहेका बेला प्रधानमन्त्रीले देश छाडेकी हुन् ।

पूरा बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिएको समेत बताइएको छ । हसिना आफ्नी बहिनीसहित भागेको जनाइएको छ । त्यसपछि बंगलादेशका सेना प्रमुख जनरल वकार उज जमानले देशलाई सम्बोधन गर्दै मानिसहरूलाई शान्ति कायम गर्न अपील गरेका छन् ।

हालै भएको चुनावमा हसिनाको पार्टीले एकलौटी जित हासिल गरेको थियो । तर सो चुनाव विपक्षी पार्टीले बहिस्कार गरेका थिए ।

बंगलादेशमा गत महिनाबाट विद्यार्थीहरूले कोटा प्रणाली खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका थिए । पछिल्लो समय उक्त आन्दोलन हिंसात्मक बन्दै गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।