0 COMMENTS

साउन ९, काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु र एकजना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सौर्य एयरलाईन्सको सीआरजे सेभेन (आईजी ९एनएएमई) जहाज आज बिहान दुर्घटनामा परेको जनाएको छ। उक्त जहाज काठमाडौँबाट स्थानीय समयअनुसार बिहान ११:११ बजे पोखरा उडानका क्रममा रनवे छाड्नेबित्तिकै दाहिनेतिर मोडिन गई एयरपोर्टको पूर्वतिरको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले तत्कालै उद्धार कार्य शुरु गरी आगो नियन्त्रणमा लिइएको पनि जनाएको छ। त्यसक्रममा १८ जनाको शव संकलन गरिएको उसको भनाइ छ । १ जना घाइतेलाई उद्धार गरि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुऱ्याइएको प्राधिकरणले जनाएको छ । तर, यसअघि नेपाल प्रहरीले भने मर्मतको लागि पोखरा जाने क्रममा रहेको सौर्य एयरलाइन्सको जहाजमा सवार उसकै कर्मचारीहरू दुर्घटनामा परेको जनाएको थियो । जसमा १५ जनाको मृत्यु भएको र चारजनाको उद्धार गरिएको प्रहरीको दाबी थियो ।

प्रहरीले उद्धार गरिएकाध्ये ३ जनाको त्रिवि शिक्षण अस्पतालमा र १ जना पाइलट मनिषरत्न शाक्यको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।