0 COMMENTS

साउन ८, काठमाडौँ । “क्रान्तिकारीहरुबिचको एकता : आजको अनिवार्य आवश्यकता” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समितिको आयोजनामा ४६औँ पुष्पलाल स्मृती दिवस बिषयक एक अन्तरक्रिया कार्यक्रम सोमबार भक्तपुर केन्द्रिय कार्यालयमा सम्पन्न भयो ।

कार्यक्रममा अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समितिका संयोजक नारायण शर्माले क्रान्तिकारी ध्रुवीकरण आजको अनिवार्य आवश्यकता भन्ने कुरामा जोड दिए । कार्यक्रममा पुष्पलाल अध्ययन समाजका उपमहासचिव मुकुन्द आचार्य, नेपाल कम्युनिस्ट पार्टी (२००६) का संयोजक टंक पौडेल, क्रान्तिकारी कम्युनिस्ट पार्टीका दीर्घहरी न्यौपाने, देशभक्त जनसरोकार नेपालका संयोजक रामकुमार लामा, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य डिबी आचार्य, वैज्ञानिक समाजवादी मोर्चाका आशिष लिम्बु, वामपन्थी बुद्धिजीवि दिर्घप्रसाद पाण्डे, प्रगतिशील आन्दोलनका नेता भुवन फुयाँल, पुष्कर गौतम, सुशील भट्टराई लगायतका नेताहरुले “क्रान्तिकारीहरुबिचको एकता : आजको अनिवार्य आवश्यकता” भन्ने कुरामा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।