0 COMMENTS

साउन ७, काठमाडाैँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले  एमाले संसदीय दलका उपनेतासमेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्यालले जानकारी गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ। सोमबार दिउँसो आचार्यले एमालेका २९ र कांग्रेसका २७ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित ५६ जनाको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।