0 COMMENTS

साउन ४, काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन संसद् भवनको ढिलाइबारे उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसहितका अधिकारीहरूसँग छलफल गरेका छन् ।

शुक्रबार बिहान सभामुख घिमिरेले संसद् भवन निर्माणको ढिलाइबारे उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद् भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीहरूसँग छलफल गरेका हुन् । साथै उनले संसद् भवन निर्माणले अपेक्षित प्रगति हासिल गर्न नसकेको पनि बताए ।

साउन २ गते सभामुख घिमिरे निर्माणाधीन संसद् भवन पुग्दा कामदारको संख्या न्यून रहेको र तीन सिफ्टमा काम गर्ने सम्झौता रहेकोमा एक सिफ्टमा मात्र काम भइरहेको पाएपछि उनले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।