0 COMMENTS

साउन १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको हो ।

प्रधानमन्त्रीमा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै सोमबार कानुन व्यवसायीहरु सर्वोच्च पुगेका हुन् । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट दायर गर्न सर्वोच्च पुगेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२० अनुसार आइतबार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।