0 COMMENTS

साउन १, सुर्खेत ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् र दुई बालबालिकासहित ७ जना घाइते भएका छन् ।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति बाढीसँगै आएको पहिरोले घर बगाउँदा ८ वर्षकी हितमाया पुन, ५ वर्षकी धनिसा पुन र ४ वर्षकी मनिषा सार्कीको मृत्यु भएको र ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए ।

नगर प्रमुख रवि केसीले बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएको बताए । घाइतेलाई राति नै उद्धार गरीआठबीसकोट नगर अस्पताल राडीमा पठाइएको थियो । उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।