0 COMMENTS

असार ३०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्  । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार आइतबार साँझ ५ बजेपछि ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

ओलीले कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा  प्रधानमन्त्रीको दाबी पेस गरेका थिए । उनको शपथ भोलि बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

केपी शर्मा ओलीको यो प्रधानमन्त्रीको चौथो कार्यकाल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।