0 COMMENTS

असार ३०, बाँके । अबैध हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ । बाँकेका प्रहरी प्रवक्ता, डिएसपी नारायण डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१२ बाट २४ लाख रुपियाँ नगदसहित र हुण्डीमा संलग्नलाई नियन्त्रणमा लिइएको हाे । 

नेपालगन्ज –१२ बेलासपुरमा हुण्डी कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले कारवाही गर्दा २४ लाख ६२ हजार ३१५ रूपियाँ नगद र हुण्डि कारोबारको हिसाब राखेको कपी र नोटबुकसहित पक्राउ गरेको हाे ।

प्रहरीले त्यस क्रममा हिसाव राखेको कपी थान १, सानो नोट बुक थान १, बिभिन्न व्यक्तिको नाममा विभिन्न बैंकमा पैसा जम्मा गरेको भौचरसहित हुण्डी कारोबारमा संलग्न नेपालगन्ज १८ का राजेश भुजु श्रेष्ठ, नेपालगन्ज ३ का सोयब कादरी हलवाई, कोहलपुर ७ का निमबहादुर बोहरा र कन्चनपुर भिमदत्त नगरपालिका –७ घर भई नेपालगन्ज –३ मा बस्दैआएका राहुल देवललाई पक्राउ गरेको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।