0 COMMENTS

असार २९, चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक भारतीय नागरिककाे शव फेला परेको छ । नारायणी नदी किनारमा घाेप्टाे परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । 

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो । करिब ३०/३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ । मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ । उनको साथमा रहेको रासन कार्डकाे आधारमा शवकाे पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेकाे बसका यात्रु हुनसक्ने अनुमान गरिएको छ । पुष्टि गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।