0 COMMENTS

असार २९, काठमाडाैँ । सरकारले रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । नेपाल सरकारको गृह मन्त्रालयमा गृह सचिवको नेतृत्वमा बसेको सुरक्षा निकायका साथै सरोकारवालासँगको छलफलले रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाले अब ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन जिल्लाहरूमा रात्रीकालीन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो । काठमाडाैँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौ आउँदै गरेको एण्जल बस २८ असार बिहान नारायण गढ मुग्लिन सडक खण्डको सिमलतालमा लेदोसहित आएको पहिरोले बगाएपछि गृहमन्त्रालयले सो निर्णय गरेको हो ।

रात्रीकालीन बस सेवा सञ्चालनमा रोक लगाउने गृहमन्त्रालयको निर्णयको पक्ष विपक्षमा सकरात्मक नकरात्मक प्रतिक्रियाहरु आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।