0 COMMENTS

असार २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग बदला लिने नाममा महिला, दलित र श्रमिक समुदायका पक्षमा बजेटमार्फत अघि सारिएका कार्यक्रम नच्यातन, नलुकाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूसँग बदला लिन श्रमिक समुदायका मुद्दालाई नअल्मल्याउन कांग्रेस–एमालेलाई उक्त आग्रह गरेका हुन् ।

साथै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रहसमेत गरेका छन् । समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख गर्दै प्रचण्डले सम्पूर्ण महिला, दलित, जनजाति, मधेसी, अल्प संख्यकलाई सम्मान गर्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी हरूको पूर्ण तयारी सहित बजेटको व्यवस्था गरिएको छ । सरकारले निरन्तरता पाएन भने पनि हामीले संसद्मा ति लक्ष्यकालागि सधैँ आवाज उठाई रहने छौं ।  युगौँ देखि जातीय विभेद सहेर आत्मा सम्मानको लडाइँ गर्दै आएका दलित समुदायको समग्र आर्थिक रूपान्तरण र संबिधान प्रदत्त अधिकारको अनुभूति दिलाउने प्रयास स्वरुप दलित विकास प्राधिकरण स्थापनाको पहल गरियो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।