0 COMMENTS

वैशाख ८, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ । मतपत्र ढुवानी सुरक्षाको जिम्मा सेनालाई दिइएको निर्वाचन आयोगले जानकारी दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र बाहेक अरु निर्वाचन सामग्री गृह मन्त्रालयसँगको समन्वयमा नेपाल प्रहरीको स्थानीय युनिटले स्कर्टिङ र सुरक्षा प्रदान गर्ने जानकारी दिए । उनका अनुसार मतपत्र र अरु निर्वाचन सामग्री ढुवानीका क्रममा कहाँ पुग्यो भनेर आयोगले जीपीएसबाट लोकेसन ट्रयाकिङ गर्ने व्यवस्था गरिएको छ ।

प्रवक्ता पौडेलले देशका ७५ जिल्लामा मतपत्र र अरु निर्वाचन सामग्री सडक मार्गबाटै लैजाने र सडक पुग्न बाँकी डोल्पा र मुगुमा भने हवाई मार्गबाट लैजाने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।