0 COMMENTS

वैशाख ८, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले नुवाकोटको बेलकोटगढी नगरपालिका मेयर र पञ्कन्या गाउँपालिका अध्यक्षको उम्मेदवारी घोषणा गरेको । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि समाजवादीले बेलकोटगढी नगरपालिकाको मेयरमा करण तामाङ र पञ्चकन्या गाउँपालिका अध्यक्षमा युगराज गिरीलाई उम्मेदवारमा घोषणा गरेको हो ।

प्रदेश कमिटीका इन्चार्ज इन्द्रप्रसाद तिमल्सिना र नुवाकोट जिल्ला कार्यालय कमिटीबीच बसेको बैठकले तामाङ र गिरीलाई मेयर र अध्यक्षमा सर्वसम्मत चयन गरि घोषणा गरिएको हो ।

उक्त कार्यक्रमबाट घोषणा गरिएको दुबै उम्मेदवारीलाई प्रदेश इन्चार्ज इन्द्र तिमल्सिना, सांस्कृतिक महासंघका केन्द्रीय महासचिव नारायण दंगाल, युवाका केन्द्रीय अध्यक्ष मिलन राणामगर, जिल्ला सह–इन्चार्ज डिल्लीप्रसाद दंगाल, काठमाडौँ जिल्ला सचिव हरिस चन्द्र गौतमलगायतले अग्रिम बधाईका साथ जितको शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।