0 COMMENTS

असार ३, काठमाडौँ । आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालक र सरकारबीच वार्ता सुरू भएकाे छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघका ट्यांकर चालकहरूले आइतबारदेखि विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका चालकसँग आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता सुरु भएको हो ।

नेपाल आयल निगमको डिपोबाट इन्धन नउठाउँदा उपत्यकामा पेट्रोलियम संकट देखिएको छ । पेट्रोलियम ट्यांकर चालक संघको नेतृत्वमा भएको आन्दोलनका कारण राजधानीमा डिजेल–पेट्रोलको ढुवानी ठप्प भएको हो ।

चालक संघले मजदुर विगतदेखि नै न्यून सेवा सुविधामा काम गरिरहेको जनाएको छ । ट्यांकर चालक मजदुरको समस्या समाधान गर्न आयल निगम, उद्योग वाणिज्य मन्त्रालय र सम्बन्धित निकायलाई पटक–पटक आग्रह गरिए पनि बेवास्ता भएको संघका अध्यक्ष ईश्वर लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।